+
+
Shares

आनी छोइङसँग फिल्म छायांकन गर्दै ग्रामी विजेता गायक वाइक्लेफ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १२:२४

काठमाडौं । तीनपटकको ग्रामी अवार्ड विजेता विश्व चर्चित र्‍याप गायक वाइक्लेफ जीन अहिले नेपालमा छन् । १० दिनअघि नेपाल आइपुगेका उनीसँग एउटा टिम नै आइपुगेको छ ।

चितवन पुगेर होलीपर्व मनाएका उनी अहिले काठमाडौं फर्किएका छन् । उनी अहिले नेपाली गायिका आनी छोइङ डोल्मासँग मिलेर एउटा डकुमेन्ट्री फिल्म छायांकनमा व्यस्त छन् ।

गायक वाइक्लेफ र गायिका डोल्माले सामाजिक सञ्जालमा डकुमेन्ट्री छायांकनका तस्वीर सेयर गरिरहेका छन् । केही दिनअघि काठमाडौंको आर्यतारा स्कुल पुगेर उनले विद्यार्थीसँग भिडियो छायांकन गरे ।

कुन विषयवस्तुमा उनले डकुमेन्ट्री बनाइरहेका हुन् भन्ने नखुलाइएपनि उनीसहितको टोली अहिले सुटिङमा व्यस्त छ । आनी छोइङ र वाइक्लेफ निकट स्रोतले उनको नेपाल भ्रमणबारे थप खुलाएका चाहिं छैनन् ।

ग्रामीसहित गोल्डेन ग्लोब अवार्डमा मनोनित गायक जीन व्यवसायिक रुपमा हिट गीत ‘हिप्स डन्ट लाइ’मा शाकिरासँग सहकार्य समेत गरेका छन् । नौ वर्षको उमेरमा हैटीबाट आप्रवासीको रुपमा अमेरिका पुगेका गायक जीनले हैटीका बालबालिकाको लागि एले हइटी नामक सामाजिक संस्था पनि सञ्चालनमा ल्याएका छन् ।

इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा गायक जीनले नेपाल घुमघामका आकर्षक तस्वीर पनि सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?