+
+

ग्रामीण चलचित्र महोत्सव लाप्राकमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:११

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा आयोजना हुने भएको छ ।

चलचित्र विकास बोर्डको सहकार्य र सेलिब्रिटी नेपालको आयोजनामा फेस्टिभल हुन लागेको हो । ग्रामीण कथावस्तुमा बनेका फिल्मलाई फेस्टिभलमा सहभागी गराइने जनाइएको छ ।

सहभागी हुने फिल्मको दर्ता प्रक्रिया पनि आजदेखि सुरु भएको आयोजकले जनाएको छ । नेपाली फिल्मलाई ग्रामीण बजारमा लैजाने उद्देश्यले फेस्टिभल गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाए ।

गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्मले भाग लिने भएका छन् । जुरीले छानेका उत्कृष्ट फिल्मलाई पुरस्कृत समेत गरिने भएको छ ।

फिल्म निर्माता र दर्शकबीच अन्तरक्रिया गर्ने, फिल्म निर्माणबारे कार्यशाला चलाउने र सम्बन्धित फिल्मकर्मी तथा आमदर्शकबीच अन्तरक्रिया गरिने र गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप हुने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?