+
+

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १४:३९

९ चैत, काठमाडौं । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १: ४१ मा ६.६ म्याग्निच्यूडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ ।

२० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ ।

ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।

हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ ।भूकम्पका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ ।

प्रभावित क्षेत्रहरू, र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?