+
+

एनएसएललाई एन्फाले दियो स्वीकृति, २५ चैतदेखि १ जेठसम्म सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १५:४२

९ चैत, काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ ।

एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । एनएसइएमले २ चैतमा एन्फालाई पत्र लेख्दै एनएसएलका लागि २५ चैतदेखि १ जेठसम्मको मिति माग गरेको थियो ।

एन्फाले त्यही मितिमा एनएसएल गर्नका लागि स्वीकृति दिएको हो ।

एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीको हस्ताक्षर रहेको पत्रमा एनएसएलका लागि स्वीकृति दिएको उल्लेख छ । एनएसइएमका सीइओ सुदीप शर्माले एन्फाबाट एनएसएल सञ्चालनका लागि स्वीकृति दिएको पत्र पठाएको बताए ।

एनएसएललाई लिएर ए डिभिजन लिग क्लबहरुले असन्तुष्टि जनाएका थिए । पछिल्लो पटक ए डिभिजनका चार क्लबले पत्रकार सम्मेलन नै गरेर एनएसएल विवाद चाँडै सुल्झाउन माग गरेका थिए ।

त्यसपछि एन्फाले बनाएको सात सदस्यीय कार्यदलले चार क्लबहरुसँग छलफल गर्दै चैत ६ का लागि तोकिएको एनएसएलको ड्र स्थगित गर्न आयोजकलाई पत्र पठाएको थियो र आयोजकले ड्र रोकेको थियो ।

बुधबार भने एन्फाले आयोजकलाई पत्र पठाउँदै लिगका लागि स्वीकृति दिँदै प्रतियोगिताको सफलताको शुभकामना समेत दिएको छ ।

दोस्रो संस्करणमा तीन नयाँ टिमसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएलका लागि आयोजकले फागुन २० मा अक्सन समेत गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?