
काठमाडौं । सानिमा बैंक लिमिटेडले सिरहाको मिर्चैयामा बैंक शाखा स्थापना गरेको छ । बैंकले बुधबारबाट सेवा थालेको हो ।
नयाँ शाखा कार्यालयको उद्घाटन ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।
कार्यक्रममा मह जोडीले सिरहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालन भएकोमा बधाई दिँदै सबल बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4