
९ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरुषको शव भेटिएको छ । गोकर्णेश्वर पुल नजिकै अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
डोजरले सडक खन्ने क्रममा भेटिएको उक्त शवको कसको हो भन्ने खुलेको छैन । शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शव भेटिएको खबर पाएसँगै प्रहरीको अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली घटनास्थलमा पुगेको छ । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मैनालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4