
९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । सेयर लगानीकर्तासँग अस्वभाविक रुपमा ब्याजदर लिएको भन्दै बोर्डले उक्त ब्रोकर कम्पनीलाई कारबाही गरेको हो ।
उक्त कम्पनीले लगानीकर्तालाई सेयर बिक्री गरेको रकम ढिला भुक्तानी गर्ने गरेको पाइएको बोर्डले जनाएको छ । सेयर किनेको रकम ढिलो भुक्तानी गरेको बाहनामा लगानीकर्तासँग १८ प्रतिशतसम्म ब्याज असुली गरेको पाइएको बोर्डको भनाइ छ ।
नियम विपरीत लगानीकर्तासँग १३ देखि १८ प्रतिशतसम्म ब्याजदर लिएको पाइएपछि बोर्डले उक्त ब्रोकर कम्पनीलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4