+
+

आजको मौसम : चट्याङसहित हल्का पानी पर्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ८:४७

१० चैत, काठमाडौं । आज मौसममा सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

यो समय तापक्रम बढ्ने क्रममा रहेको र पहाडी भू-भागका केही स्थानमा चट्याङ पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

चैतदेखि तीन महिनासम्म प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भू-भागको मौसम अपराह्न तथा साँझापख लगाातार प्रभावित भइरहने महाशाखाले जनाएको छ । प्रि-मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझापख पहाडी भू-भागमा हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १५ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५.४ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?