+
+

माडीका जनप्रतिनिधिलाई प्रचण्डले दिए धन्यवाद

एमाले, कांग्रेस र राप्रपाका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १३:३६

१० चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहानैदेखि चितवनमा व्यस्त रहे । आफ्नो क्षेत्रअन्तर्गतको माडीमा पुगेर उनले सडक र पुल उद्घाटन गरे।

चेपाङ समुदायको नमुना बस्तीको समेत उद्घाटन गरेका प्रचण्डले त्यहाँका शहीद परिवारसँग भेटघाट समेत गरे । उनीहरुसँगै खाना खाएका प्रचण्डले माडीका स्थानीय जनप्रतिनिधिलाई राम्रो काम गरेको भन्दै धन्यवाद समेत दिए ।

माडी नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । त्यहाँका जनप्रतिनिधि लालमाडी बनाउन लागेको भन्दै शुभकानासमेत दिए । ‘तपाईंहरु लाल माडी निर्माणको अभियानमा जुट्नुभएको छ,’ उनले भने, ‘त्यसको सफलताको शुभकामना व्यक्त गर्दछु । पार्टी नेतृत्व र जनप्रतिनिधिको हैसियतले म तपाईंहरुको साथमा हुनेछु ।’

प्रचण्डले माओवादीका लागि निर्वाचन सामान्य चुनाव मात्रै नरहेको बताए। ‘निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ तर हाम्रो लागी यो निर्वाचन सामान्य चुनाव मात्र होइन,’ उनको भनाइ छ, ‘माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ ।’

एमाले, कांग्रेस र राप्रपाका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

यस्तै नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाबाट डेढ सयभन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माडीमा आयोजित कार्यक्रममा उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेहरुमा माडी वडा नम्बर ९, १, ८, ५, ६ लगायतका वडाका विभिन्न पार्टीका कार्यकताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?