+
+

स्ट्रिमिङ प्लेटफर्मका कारण विश्व संगीतको कमाइ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:४२

काठमाडौं । स्ट्रिमिङ प्लेटफर्ममा पैसा तिरेर गीत सुन्ने श्रोताको संख्या बढेसँगै विश्व संगीतको कमाइमा वृद्धि भएको छ । रोयटर्सका अनुसार यस वर्ष सशुल्क संगीत सेवा लिने ग्राहकको संख्यामा १८.५ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार सार्वजनिक गरिएको नयाँ विवरणअनुसार विश्व संगीतले यस वर्ष २५.९ बिलियन डलर कमाएको छ । रेकर्ड संगीत उद्योगको संस्था आईएफपीआईले ग्लोबल म्युजिक रिपोर्टलाई जनाएअनुसार पछिल्लो २० वर्षको अवधिमा पहिलोपटक कोभिड-१९ नियन्त्रणका लागि लगाइएको लकडाउनले संगीत खपतमा वृद्धि भएको देखिन्छ ।

स्ट्रिमिङ प्लेटफर्ममा पेड सब्सिक्रसनको कमाइ २१.९ प्रतिशतले बढेर १२.३ बिलियन डलर पुगेको छ । आईएफपीआईका अनुसार वर्षको अन्त्यसम्म ५२३ मिलियन पेड सब्सक्राइबर खाता थपिएका छन् ।

यो ग्राहक संख्या संसारको कुल सब्सक्राइबर संख्याको ६५ प्रतिशत हो । संगीतको भौतिक फम्र्याटको कमाइ १६.१ प्रतिशतले बढेर ५ बिलियन डलर पुगेको छ ।

‘संगीतको पारिस्थितिक प्रणालीको विकास गर्ने उद्देश्यले रेकर्ड कम्पनीहरु संगीत संस्कृति र संगीत इको-सिस्टमको विकास गर्न समुदायस्तरमै केन्द्रित भएको देखिन्छ,’ आईएफपीआईका कार्यकारी अधिकृत फ्रान्सिस मुर्रेले भने ।

‘परिणाम स्वरुप, मेमोरीलाई लिएर आजको संगीत बजारमा निकै प्रतिस्पर्धा छ । फ्यानले पहिलेभन्दा धेरै संगीत र यसका नयाँ आयाममा मजा लिइरहेका छन्,’ उनले रोयटर्ससँग भने ।

विज्ञापन समर्थित स्ट्रिमिङ सेवा पनि २४.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्रदर्शन अधिकार, सिन्क्रोनाइजेसन, विज्ञापन, फिल्म, टेलिभिजन र खेलमा रेकर्ड गरिएको संगीतबाट प्रयोग हुने कमाइमा पनि व्यापक वृद्धि भएको छ ।

मध्यपूर्व र उत्तर अफ्रिकामा सबैभन्दा तीव्र गतिमा संगीत कमाइमा वृद्धि भएको देखिन्छ जहाँ रेकर्डेड संगीतले ३५ प्रतिशत कमाइ गरेको छ । ३१.२ प्रतिशतसहित ल्याटिन अमेरिका, अमेरिका र क्यानडामा २२ प्रतिशत र एसियामा १६.१ प्रतिशतले संगीतले कमाइ गरेको छ ।

ब्रिटिस म्युजिक स्टार एडेलको गीत ‘३०’ यस वर्ष सबैभन्दा धेरै बिक्री हुने एल्बम बन्यो भने क्यानडेली गायक विकेन्डको गीत ‘सेभ योर टियर्स’ सबैभन्दा बढी २.१५ बिलियन पटक स्ट्रिमिङ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?