+
+

काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन कनेक्ट (इन) आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:४३

१० चैत, काठमाडौं । भारत र नेपालका युवा उद्यमीलाई अझ नजिक ल्याई दुवै देशमा आर्थिक उन्नतीको नयाँ ढोका खोल्ने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गरिएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले यही चैत ९ गतेदेखि कन्क्लेभ–कनेक्टको तेस्रो संस्करण आयोजना गरेको हो । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आयोजना गरिएको कनेक्ट (इन)को तेस्रो संस्करणको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिंदै यो तेस्रो संस्करण आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ ।

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागिता जनाएका थिए । कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब ४०० जना लाभान्वित भएको काठमाडौंस्थित भारतीय दूतावासको विश्वास छ ।

‘कनेक्ट (इन)ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ,’ काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता पनि तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा पनि छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ ।’

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिंदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो ।

हालको संस्करणमा कनेक्ट इनले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका संघर्षका कथालाई समावेश गरेको थियो ।

यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्यांक विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङबीच विद्यमान दूरी घटाउन प्रयासरत एक कम्पनी भ्गिअष्मबतब रहेका थिए । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल समावेश थिए ।

कनेक्ट (इन)  कन्क्लेभका  लागि वर्ष २०२१ को डिसेम्बर र २०२२ को जनवरीमा दाङ, सर्लाही र सुनसरी जिल्लाका विद्यालय लगायत नेपालका विभिन्न स्थानमा ‘प्रि–इभेन्ट एक्टिभेसन क्याम्प’ संचालन गरिएको थियो । सो क्याम्पको संचालन पश्चात ८० जना युवा उद्यमीहरुले निवेदन दिएकोमा २० जनालाई छनौट गरी वित्त, प्रशासन, कानून, लगानी तत्परता, बिक्री, मार्केटिङ जस्ता विषयमा फेब्रुअरी र मार्च महिनामा प्रशिक्षण दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?