+
+

नेपालमा प्रोटोन एक्स ५० सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:५५

काठमाडौं । नेपालका लागि प्रोटोनको गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन एक्स ५० सार्वजनिक गरेको छ ।

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलता पछि मलेसियन कार निर्माता कम्पनीले प्रोटोन एक्स ५० सार्वजनिक गरेको हो ।

जगदम्बा मोटर्सले बिहीबार गैरीधारास्तिथ शोरुमबाट सो गाडी सार्वजनिक गरेको हो । प्रोटोन एक्स ५० पछिल्लो समयमा अरु विभिन्न देशमा ख्याती प्राप्त हुन सफल भएको साथै मलेसियाको सबैभन्दा बढी माग भएको कम्पनीले दाबी गरेको छ ।

१.५ लिटर टर्बोचार्ज्ड थ्री–सिलिन्डर इन्जिन रहेको यो गाडीको १.५ प्रिमियम, १.५ टी प्रिमियम र १.५ TGDi Flagship संस्करणहरू नेपालमा सार्वजनिक गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?