+
+

आयोजकले नै राख्यो शर्त, एनएसएल अनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:५६

१० चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल अनिश्चित बनेको छ । ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाइरहेका बेला आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र आवद्ध १० क्लबले पनि नयाँ शर्त अघि सारेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित समय २५ चैतदेखि १ जेठसम्म हुने प्रतियोगिता खेल्न नसक्ने बताएका छन् ।

ए डिभिजन क्लबहरुको माग सुनुवाइ गर्नुपर्छ भनेर वार्ता गरे पनि निष्कर्षमा नपुगेको र टास्क फोर्सले समस्या समाधान गर्न ढिला गरेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘आयोजक र १० वटै क्लबको प्रतियोगिता तयारीका लागि ठूलो धनराशी खर्च गरिसकेको र समय अभावका कारण खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतिगोगितामा सहभागी हुन असमर्थ भएका छौं ।’

एन्फाले खेलाडीहरु उपलब्ध गराई सहयोग गर्नुपर्ने भए पनि एन्फाकै पदाधिकारी र केन्द्रीय सदस्यहरुले प्रतिनिधित्व गर्ने क्लबबाट खेलाडी उपलब्ध नभएकाले छोटो समयमा प्रतियोगिता गर्न सम्भव नभएको उनीहरुको निष्कर्ष छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट र १० क्लबले एन्फा र पदाधिकारी नै एनएसएलप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । प्रतियोगिता हुनुभन्दा १५ दिन अघि मात्र स्वीकृति दिनु र मोफसलका गोल्डकपलाई जुधाएर स्वीकृति दिनुले एन्फा पदाधिकारीहरु पूर्वाग्रही भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

एनएसएल आयोजक र १० क्लबले हाल कायम रहेको सम्झौता स्वतः नविकरण हुने र प्रतियोगितालाई बार्षिक क्यालेण्डरमा अन्य प्रतियोगितासँग नजुध्ने गरी भदौ–असोजमा राख्नसमेत एन्फासँग माग गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माथि उल्लेखित विषयहरुको उचित सम्बोधन गरी प्रतियोगिता सञ्चालनका लागि एन्फाद्वारा सहजिकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभातिाका लागि हामी असमर्थ छौं ।’

हेर्नुहोस् एनएसएल आयोजक र क्लबहरुको विज्ञप्ति

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?