
१० चैत, काठमाडौं । ५ देखि ११ बर्षसम्मका बालबालिकाको लागि कोरोनाभाइरस विरुद्धको खोप आउने अनिश्चित बन्दै गएको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार अझै पनि अमेरिकन कम्पनी र नेपालबीच सम्झौता भएको छैन ।
सरकारले बालबालिका लागि चैत मसान्तभित्र फाइजर खोप आउने बताएपनि कुनै त्यसअनुसारको काम भएको पाइँदैन ।
‘ विभागले फाइजर खोप ल्याउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । तर, पास हुन सकेको छैन,’ डा. मरासिनीले भने,’ मन्त्रिपरिषद्बाट पास भएपछि सम्झौता गरेर खोप खरिदको प्रक्रिया अगाडि बढ्छ ।’
विश्व स्वास्थ्य संगठनले ५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाउन सकिने बताएको छ । खोप नपाएका ५ वर्षभन्दा ११ बर्षसम्मका बालबालिकालाई लक्षित गरेर नेपालले ८४ लाख फाइजर खोप खरिद गर्ने योजना बनाएको छ ।
‘खरिदको लिखित सम्झौता भएपछि खोप आउन अझै एक महिना लाग्न सक्छ,’ डा. मरासिनीले भने, ’ देशभर ५ देखि ११ वर्ष उमेर समूहका करिब ३५ लाख बालबालिका छन् ।
प्रतिक्रिया 4