+
+

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ७:००

११ चैत, दाङ । दाङमा प्रहरीले सासूको हत्या गरेको आरोपमा बुहारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

६५ वर्षीया सासू गंगी कुँवरलाई हँसिया र चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा बुहारी जमुना कुँवरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नवीन चुँदालीले बताए । पक्राउ परेकी बुहारीले सासू गंगीको हत्या गरेको स्वीकार गरिसकेको उनले बताए ।

प्रहरी निरीक्षक चुँदालीका अनुसार केही समय यता सासू-बुहारीबीच मनमुटाव हुँदै आएको थियो । सोही क्रममा मंगलबार सासू गंगी खेतमा काम गरेर फर्कने बेला बिहान ९ बजे जमुनाले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

गंगीको शव मंगलबार शान्तिनगर गाउँपालिका-६ स्थित कोरबाङको नर्सरीमा फेला परेको थियो । मृतकका छोरा रोजगारीको सिलसिलामा स्याङजा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?