+
+

केन्द्रीय समिति बैठक अघि पौडेल पक्ष छुट्टै छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ९:४९

११ चैत, काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरी र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ । सो बैठकमा चुनावमा उम्मेदवारहरुलाई टिकट बाँड्ने समिति गठन, चुनावमा गठबन्धन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुँदै छ ।

तिनै विषयमा आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरुको बैठक बसालेको उनी निकट एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?