
गैंडाकोट । एनएमबि बैंक गैंडाकोट शाखाले गैंडाकोट–४, दर्शनचोकमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङका साथै बैंकको महत्वका बारेमा प्रकाश पारेका थिए ।
आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले आगामी दिनमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी समूहलाई अझ शसक्त बनाइदिनेमा आफू विश्वस्त रहेको बताइन् ।
बैंकले सर्बसाधारणलाई बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4