
११ चैत, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तमा चुनावी गठबन्धन हुनुपर्ने बताएका छन् ।
शुक्रबार केन्द्रीय समितिको बैठककोबारेमा जानकारी गराउँदै उनले यस्तो बताएका छन् । डा. महत भन्छन्, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ ।’
सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो भएको पनि उनले बताए । ‘सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो’ उनले पत्रकारहरुसँग भने ।
प्रवक्ता डा. महतले ले प्रदेशहरुबाट भने फरक फरक ठाँउहरुबाट फरक फरक सुझावहरु आएको जानकारी दिए ।
‘आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएका छन्’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4