+
+

फोरलेन सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १९:२८

११ चैत,  दाङ । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरण लारवाही गरेको भन्दै नेपाली कांग्रेस दाङले कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण २२ जनाले ज्यान गुमाउनु परेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारवाही गर्दै सडक निर्माणको कार्यलाई अघि बढाउन आग्रह गरेको हो ।

विकास निमार्णमा भएको ढिलाई र वेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले बताए ।

आर्थिक लेनदेनको मुद्धामा सडक निर्माण कम्पनीका प्रतिनिधि पक्राउ परिसकेकाले यो अवस्थामा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर समेत रहेका घनश्याम पाण्डेका छोरा तथा फोरलेन सडक बनाउने ठेकेदार अनुप पाण्डेलाई ठगी आरोपमा प्रहरीले पक्रेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले फोरलेन सडक समयमै निर्माणका लागि पटकपटक पहल गरेपनि निर्माण व्यवसायीको लापरवाहीले समयमै सडक निर्माण हुन नसकेको बताए ।उनले फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी

कार्यालय दाङले बैंक कसुरमा पक्राउ गरि कारबाही अगाडि बढाएको भन्दै दोषीलाई सजायँ हुने बताए ।

घटना के हो ? 

घोराही–तुलसीपुरको २८ किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएका थिए ।

सडक निर्माण गर्ने जिम्मा लिएका पाण्डेले तीन वर्ष वित्दा पनि अघि बढाउन सकेनन् । हाल उक्त सडक अलपत्र छ ।

त्यस्तै निर्माण व्यवसायी अनुप पाण्डेले चारलेन सडक निर्माणको क्रममा विभिन्न व्यक्तिलाई ठगि गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको जिल्ला प्रशासनका कार्यालयमा १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् ।

त्यस्तै पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले सडक निर्माणको क्रममा टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै प्रहरीमा  बैकिङ कसुरको उजुरी दिएका थिए । मुद्दा दर्ता भएपछि पक्राउ परेका पाण्डे करिब दुई हप्तादेखि हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?