+
+

बारामा एसिड प्रहारबाट एक महिला घाइते

सुरेश बिडारी सुरेश बिडारी
२०७८ चैत ११ गते २२:१०

११ चैत, वीरगञ्ज । बारामा एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् । वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ ।

शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगञ्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको आरोप उनले लगाएकी छन् ।

प्रहरीले उनीहरु दुवै जनालाई वीरगञ्जबाट नियन्त्रणमा लिएर कलैया ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ना.६०प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीमामाथि एसिड प्रहार गरी भागेका थिए ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?