+
+

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १०:३३
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यी । तस्वीर रासस

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका थिए ।

वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?