
काठमाडौं । अभिनेता सामुएल एल ज्याक्सनसहित केही हलिउड कलाकारलाई मानार्थ ओस्कर अवार्ड प्रदान गरिएको छ । अवार्ड समारोह हुनु एक दिनअघि उनीहरुलाई सम्मान दिइएको हो ।
फिल्म र मानवीय सहायताजस्ता कार्यमा दशकौंदेखि योगदान पुर्याएबापत उनीहरुलाई अवार्ड दिइएको एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजले जनाएको छ ।
मानार्थ अवार्ड प्रदान गर्न आयोजित समारोहमा अभिनेता डेन्जेल वासिङ्टनले ज्याक्सनलाई परिचय गराएका थिए । पाँच दशकदेखि ज्याक्सनले १५२ फिल्ममा अभिनय गरेको र ती फिल्मले २७ बिलियन डलर कमाइ गरेको उनले उल्लेख गरे ।
ओस्कर ग्रहण गर्दै अभिनेता ज्याक्सनले परिवार र व्यावसायिक प्रतिनिधिलाई धन्यवाद समेत दिए । टिकट लिएर आफ्ना फिल्म हेर्ने दर्शकलाई समेत उनले धन्यवाद दिए । ‘हलिउडले जसरी दर्शकलाई मनोरञ्जन दिन्छ, उसैगरी मैले पनि दर्शकलाई मनोरञ्जन दिएको छु,’ ज्याक्सनले भने, ‘केही घण्टाको लागि भएपनि दर्शकलाई उनीहरुको जीवन भुलाइदिन सक्नु र उत्साहित तुल्याउनु हाम्रो सफलता हो ।’
‘लेथर विपोन’ स्टार डेनी ग्लोबरलाई मानवीय सहायतामा योगदान पुर्याबाएपत अवार्ड दिइयो । अभिनेता ग्लोबर अहिले युनिसेफका सद्भावना दूत समेत छन् ।
प्रतिक्रिया 4