+
+
बक्स अफिस :

नेपालमा ‘आरआरआर’को आक्रामक कमाइ : ‘स्पाइडरम्यान’ र ‘बाहुबली’लाई उछिन्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:५५

काठमाडौं । पछिल्लो सप्ताहन्तमा नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । दुई साता चलेको ‘द कश्मीर फाइल्स’को लहर नसकिंदै ‘आरआरआर’ क्रेज सुरु भएको छ ।

आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।

शुक्रबारबाट मुलुकका १५० हलमा रिलिज भएको फिल्मले काठमाडौं, पोखरा, नारायणगढ, बुटवल र नेपालगञ्जजस्ता ठूला सहरमा आक्रामक ओपनिङ गरेको छ । शनिबारको कलेक्सन पहिलो दिनको भन्दा उच्च छ । आइतबार पनि मुख्य मल्टिप्लेक्समा कलेक्सन स्थिर हुने देखिएको छ ।

आरआरआरको कलेक्सनलाई कोरोना महामारी सुरु भएयताकै सर्वाधिक ओपनिङ मान्न सकिन्छ । यसले एप्पल इन्टरटेनमेन्टको ‘स्पाइडरम्यान: नो वे होम’को ओपनिङलाई पनि उछिनेको छ । स्पाइडरम्यान मल्टिप्लेक्समा केन्द्रित थियो भने आरआरआर सिंगल स्क्रिनमा पनि आक्रामक छ ।

टम हल्यान्ड स्टारर स्पाइडरम्यानको पहिलो दिनको ओपनिङ कलेक्सन ७५ लाख ग्रस थियो । पर्दा संख्या, अग्रिम टिकट बिक्री र ट्रेन्डको हिसाबले आरआरआर निकै उच्च हो । स्पाइडरम्यान एउटा दर्शकीय वर्गमा सीमित थियो भने आरआरआरले सबैखाले दर्शकलाई अपील गरिरहेको छ ।

दोस्रो सातामा चलिरहेको कश्मीर फाइल्सको लहरमा भने ह्वात्तै गिरावट आएको छ । अनुपम खेर स्टारर यो फिल्म र रोबर्ट प्याटिन्सन स्टारर द ब्याटम्यान न्यून अकुपेन्सीमा समेत चलिरहेका छन् ।

कोरोना महामारीले थलिएको नेपाली बक्स अफिसमा आरआरआरको व्यापार महामारीयताकै सर्वाधिक भएको हल सञ्चालक बताउँछन् । ‘आरआरआरको ओपनिङ बाहुबलीभन्दा २५ प्रतिशतले बढी हो,’ वितरक मनोज राठीले भने, ‘यो ओपनिङलाई अभूतपूर्व मान्न सकिन्छ ।’

हलिउड फिल्म ‘एभेन्जर्स: एण्ड गेम’ले पनि कोरोना महामारीअघि नेपाली हलमा लहर ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?