+
+

धनुषामा प्रहरी र व्यवसायीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १४:५५

१३ चैत, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।

तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना भएको उनले अनलाइनखबरलाई बताए ।

झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशंका गरेका छन् ।
त्यहीबीच नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै प्रदर्शन भएको बताइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?