+
+

चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै जनकपुरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १९:५३

१३ चैत, जनकपुरधाम। चीनसँग भएको ९ बुँदे सम्झौता खारेजीको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानका कार्यकर्ताले स्थानीय जनक चोकमा चीनसँगको सम्झौताबिरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद ढोका हो ।, बीआरई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौतामा आगो लगाएर जलाएका छन् ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाए ।

चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नौ बुँदे सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?