+
+

कांग्रेसले आज चुनावी समीकरण र उम्मेदवार छनोट मापदण्ड निर्धारण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते ८:५१

१४ चैत, काठमाडौं । आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज औपचारिक निर्णय गर्दै छ ।

तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठक चुनावमा तालमेल गर्ने निर्णय गर्दै आज सकिने छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेल लगायतका विषयमा आजको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

हिजोको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले बढीभन्दा बढी सफलता हासिल हुने गरी तालमेल गर्नुपर्ने मत राखेका थिए ।

आजको केन्द्रीय समिति बैठकले तालमेलको मोडालिटीसमेत तयार पार्ने छ ।

बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?