+
+

ट्वीटरसँग एलन मस्कको खटपट, आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १३:०९

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ ।

केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गरेका हुन् ।

मस्कको उक्त ट्वीटपछि उनका साथी प्रनय प्याथोलले सोधेका छन्- के तपाईं वाक स्वतन्त्रतालाई प्राथमिकता दिने र निकै कम प्रोपोगाण्डा फैलाउने एक प्लाटर्फम सुरुवात गर्दै हुनुहुन्छ ? सो प्रश्नको जवाफमा मस्कले आफूले यो विषयमा गम्भीर रहेको बताएका छन् ।

पछिल्ला दिनमा मस्कले ट्वीटरको एल्गोरिदमको आलोचना गरेका थिए । एलन मस्कका अनुसार कामयावी प्रजातन्त्रका लागि वाक स्वतन्त्रता आवश्यक छ ।

उनले गतहप्ता एउटा मत सर्भेक्षण पनि गरेका थिए ट्वीटरमा जसमा ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पूर्णपालना गर्छ कि गर्दैन भनेर सोधिएकेा थियो । उक्त सर्भेक्षणमा २० लाख भन्दा धेरैले भोट गरेकोमा ७० प्रतिशतले ट्वीटरले वाक स्वतन्त्रता सिद्धान्तको पूर्ण पालना नगरेको बताएका थिए ।

एलन मस्कको उक्त ट्वीटसँगै उनले आफ्नै नयाँ सोसल मिडिया सुरु गर्ने चर्चा परिचर्चा सुरु भएको छ । कतिपयले त मस्कको सोसल मिडियाको नाम पनि जुराइसकेका छन् ।

कतिपयले त मस्कले ट्वीटर नै खरिद गरिदिनुपर्ने बताएका छन् । ट्वीटर र अनय सोसल मिडिया प्लाटर्फमको एल्गोरिदमका विषयमा यसअघि पनि आलोचना हुने गरेको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नै सोसल मिडिया प्लाटर्फम ट्रुथ सोसल सुरु गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?