
फाइल तस्वीर
१४ चैत, काठमाडौं । काठमाडौंमा प्रतिकूल मौसकको असर हवाई उडानमा परेको छ । काठमाडौंको आकास धुम्मिएको छ । जसले गर्दा भिजिबिलिटी घटेको छ ।
यसले त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान एवं अवतरणहरु प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कमजोर भएको अवस्थामा सामान्यतया जहाजहरुको दूरी अन्तर बढी राखेर अवतरण वा उडान गराउनु पर्ने हुन्छ । जसले गर्दा सामान्य अवस्थामा भन्दा डिले हुने समस्या बढी हुन्छ ।
कम्पनीहरुले समेत सोमबार कम भिजिबिलिटीका कारण उडान प्रभावित भएको भन्दै यात्रुलाई सचेत गराएका छन् । भिजिबिलिटीको असर आन्तरिक तथा बाह्य दुवै सेक्टरका जहाजमा पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4