+
+

हिमाल आरोहणलाई व्यवस्थित बनाउन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:३५
फाइल तस्वीर

१४ चैत, काठमाडौं । चालु वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न समिति गठन भएको छ ।

पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ ।

विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरणमा यो समिति सक्रिय हुने छ ।

समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही संघबाट निशा अधिकारी सदस्य तोकिएका छन् । साथै, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक/एक जना प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ ।

नापी अधिकृत खिमलाल गौतमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् । वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा आरोहीको ठूलो भीडभाड लाग्ने गर्छ । विभागका अनुसार अहिले आरोहीलाई अनुमति दिन सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?