+
+

मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका ३९ जना नियन्त्रणमा

मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् ।

रासस रासस
२०७८ चैत १४ गते १९:४४

१४ चैत, काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडरभित्र कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो ।

सिराहाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको तथा चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरी बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेसका भूमिहीनहरूलाई भूमिप्रतिको अधिकार दिने भनेर पटक-पटक गरेको प्रतिबद्धता कार्यान्वयन नगरेकाले आफूहरू आन्दोलनमा उत्रिएको बताए ।

चुरे संरक्षण र सुकुम्बासी समस्यासँग समबन्धित मधेस प्रदेश सरकारले अभियानीहरूसँग गरेको सातबुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

६ महिनाअघि अभियानका नेता तथा कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेस सरकारले सातबुँदे सम्झौत गरेको तर कार्यान्वयन भने नगरेको अभियानीहरूको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?