+
+

ओस्कार समारोहमा प्रस्तोतालाई थप्पड हानेको घटनामा विल स्मिथले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते ११:४५

काठमाडौं । हलिउड अभिनेता विल स्मिथले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत अभिनेता स्मिथले ओस्कार समारोहमा आफूले थप्पड हानेका प्रस्तोता क्रिस रकसँग माफी मागेका हुन् ।

माफी माग्दै उनले आफू सबैखाले हिंसाको विरुद्ध रहेको उल्लेख गरेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई थप्पड हानेका थिए ।

स्मिथले लेखेका छन्, ‘क्रिस, म सार्वजनिक रुपमा तिमीसँग भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैले गरेको कार्य मैले बन्न चाहेको मान्छेको सूचक थिएन । प्र्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन ।’

उनले अगाडि लेखेका छन्, ‘रातिको एकेडेमी अवार्डमा मेरो व्यवहार अस्वीकार्य र अक्षम्य थियो । जेडाको स्वास्थ्य अवस्थाको बारेमा गरिएको ठट्टा मेरो लागि असह्य थियो र मैले चाँडै प्रतिक्रिया जनाएँ ।’

उनले हिंसा सबै रुपमा विषाक्त र विनाशकारी रहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?