+
+

कतार एयरवेज प्रिभिलेज क्लबद्वारा एभिओसलाई मान्यता प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १३:५२

काठमाडौं । कतार एयरवेज प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १५० गन्तव्य सहित एयरलाइनको बृहत्त सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ ।

यस साझेदारी मार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए) को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टिड अवार्ड सिटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत श्रृङ्खलासहितका लाभहरु उठाउन सक्नेछन् ।

प्रिभिलेज क्लबले एभिओस अपनाएको अवसरमा सदस्यहरूले प्रोमो कोड क्यूआरएभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद प्लस एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दा बिजनेस वा फर्स्टक्लासमा १० हजार बोनस एभिओस वा इकोनोमी क्लासमा ५ हजार बोनस एभिओसको फाइदा लिन सक्नेछन् । यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुनेछ ।

अवार्ड सिटहरूको विस्तृत उपलब्धताका कारण सदस्यहरूका लागि कतार एयरवेजमा एभिओस उपयोग गरी प्रति दिन ४ सय उडान सहितको व्यापक विश्वव्यापी सञ्जालको फाइदा उठाउँदै अझ ठूलो छनोटको अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यात्रुले आफ्नो इच्छा तथा आवश्यकता अनुसार अष्ट्रेलियाका ५, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका ३५ र एसियाका ४२ गन्तव्य लगायत विश्वका विभिन्न स्थानहरुमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, वान वर्ल्ड साझेदारहरू बीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गरिएको छ ।

ब्रिटिस एयरवेज एक्जेक्यूटिव क्लबको सदस्यहरूका लागि ब्यालेन्स सीमा वा स्थानान्तरण शुल्क बिना एभिओस खाताहरू संयोजन गर्ने, एभिओस ब्यालेन्सको असीमित स्थानान्तरणको सुविधा समेत उपलब्ध गरिएको छ । एभिओसको संयोजन गर्ने सुविधा मार्फत सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा उपलब्ध कतार एयरवेज र ब्रिटिस एयरवेजको अवार्ड दुवै उडानमा खर्च गर्ने र रिडिम गर्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ ।

नयाँ सुविधा अन्तर्गत सदस्यहरूले अब उडान पुरस्कार विकल्पहरूको फराकिलो दायरामा अभुतपूर्व खर्च गर्ने अवसरहरू सहित थप पुरस्कारहरू माथि आफ्नो सहज पहुँच बनाउँदै अझ आकर्षक फाइदाहरू पनि प्राप्त गर्न सक्नेछन् । भर्खरै परिस्कृत क्यास प्लस क्यूमाइल्स विकल्पको प्रयोग गरी फाइदा लिइसकेका सदस्यहरूले पनि क्यास प्लस एभिओस मार्फत समान पुरस्कार लाभहरूको आनन्द लिन जारी राख्न सक्नेछन् ।

यसले सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा आफ्नो उडान बुकिङको अंश–भुक्तानी गर्ने शक्ति प्रदान गरिएको छ । एभिओसको उपयोग पुरस्कार उडानहरू, केबिन अपग्रेडहरू, अतिरिक्त सामानहरू र थप धेरै पुरस्कारहरूको दायरामा पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?