+
+

युक्रेनमाथिको आक्रमण र युद्ध रोक्न माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १४:५६

१५ चैत, बुटवल । युक्रेनमाथिको आक्रमण र युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलसहित देशभर प्रदर्शन गरेको छ ।

बुटवलको राजमार्ग चौराहामा भएको प्रदर्शनका सहभागीहरुले ‘युक्रेनमाथि आक्रमण बन्द गर’,‘रुसी सैनिक तत्काल फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय सभापति गोबिन्द खनालले युक्रेनमाथि आक्रमणले बालबालिका र महिलासहित हजारौं निहत्था मानिसको हत्या गरेर मानवता विरुद्धको अपराध भएको बताए ।

रुसी आक्रमणका कारण लाखौं नागरिक शरणार्थी भएका,खरबौंको क्षति भएको, अस्पताल र शैक्षिक प्रतिष्ठानहरु तहसनहस भएकाले युद्धलाई अन्त्य गरेर शान्ति कायम गर्न खनालले संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?