+
+

नेपाली बक्स अफिसमा ‘आरआरआर’को दबदबा कायमै, ग्रस कमाइ ७ करोड नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १३:५०

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिएको छ । मुलुकका डेढ सय हलमा प्रदर्शन भइरहेको यो फिल्मले करिब सात करोड रुपैयाँ ग्रस कमाएको छ ।

एसएस राजामौली निर्देशित फिल्मले घरेलु बक्स अफिसमा दैनिक औसत एक करोडको हिसाबले कमाइ गरिरहेको छ । पहिलो साता फिल्मले सात करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।

दोस्रो सप्ताहन्तमा फिल्मले नेपाली बक्स अफिसमा हलिउड फिल्म ‘स्पाइडरम्यानः नो वे होम’को लाइफटाइम कलेक्सनलाई पनि पछाडि पार्ने अनुमान छ । टम हल्यान्ड स्टारर फिल्मले नेपालमा ७ करोड ४० लाख कुल कमाइ गरेको थियो ।

क्यूएफएक्ससहित मुख्य मल्टिप्लेक्समा बुधबार बेलुकासम्म आरआरआरका सबै शो हाउसफुल देखिएको छ । कतिपय हलले टिकटको अग्रिम बिक्री गरिरहेका छन् भने कतिपयले बुकिङ पनि । ट्रेन्डको हिसाबले ‘आरआरआर’को यो कमाइको अनुपात ‘बाहुबली २’ भन्दा उच्च हो ।

‘ब्याटम्यान’ले मंगलबारसम्म नेपाली बक्स अफिसमा १ करोड १० लाख ग्रस कमाएको एप्पल इन्टरटेनमेन्टले जनाएको छ । ‘आरआरआर’को गति हेर्दा यसले शुक्रबार रिलिज हुने तयारीमा रहेको हलिउड फिल्म ‘मर्बियस’ र नेपाली फिल्म ‘हेल्लो जिन्दगी’लाई समेत प्रभावित बनाउने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?