+
+

विद्यालय व्‍यवस्थापन समितिका अध्‍यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १४:५४

१६ चैत, काठमाडौं । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०७१ साल कार्तिक १८ गते कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आर.एस. सःमिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय/सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्लकालीन अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य-सचिव जनक बहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारले ८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?