+
+
Shares

दुर्गा भगवती गाउँपालिकामा सामाजिक सुरक्षा भत्तामा पनि भ्रष्टाचार

अनुसन्धानको क्रममा सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा योग्यता नपुगेका व्यक्तिहरूलाई आव २०७४/७५ देखि २०८१/८२ सम्म गैरकानुनी तवरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखिएको आरोपपत्रमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • उनीहरूले आव २०७४/७५ देखि २०८१/८२ सम्म योग्यता नपुगेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरी ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको आरोप छ ।
  • आयोगको आरोपपत्रमा वडाध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरीसहितका कर्मचारीले आपसी मिलोमतोमा गलत लिखत तयार पारी भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।

४ साउन, काठमाडौं । रौतहटको दुर्गा भगवती गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसहित ४२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, गलत लिखत तथा सरकारी कागजात सच्याइ भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले ठाकुरसहित वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरीलगायतले आपसी मिलोमतो तथा योजनामा सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।

दुर्गा भगवती गाउँपालिका-३ मत्सरीमा वृद्ध भत्ता, दलित, विधुवा भत्तामा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्दा योग्यता नपुगेका व्यक्तिहरूलाई आव २०७४/७५ देखि २०८१/८२ सम्म गैरकानुनी तवरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखिएको आरोपपत्रमा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता प्रणालीमा झुट्टा विवरण दाखिला तथा अद्यावधिक गरी उनीहरूले ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?