+
+
Shares

भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा कँडेलमाथि भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १६:५४

२४ असार, काठमाडौं ।  भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेलमाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कँडेलमाथि सेवाग्राहीसँग घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ४० हजार घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा कँडेलले जग्गा रोक्का राख्ने काम गरेबापत घुस मागेर सेवाग्राहीलार्इ दुःख हैरानी दिई ४० हजार रुपैयाँ लिएको पुष्टि भएकोले उनीमाथि मुद्दा दायर भएको आयोगका प्रव्कता सुरेश न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?