+
+
Shares

गढीमाई नगरपालिकाका मेयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ३ जना तथा एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १५:२४

२३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयरसहित ३ जना तथा एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा विशे‍ष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाहविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

उनीहरुबाट जनही २ करोड ७५ लाख ६६ हजार बिगो तथा कैद सजाय माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?