+
+

सेनेगलमा सलाहले भोगे नस्लभेदी दुर्व्‍यवहार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १६:१६

१६ चैत, काठमाडौं । इजिप्टले आसन्न कतार विश्वकपमा स्थान बनाउन असफल रह्यो । निर्णायक प्लेअफ खेलमा इजिप्टका स्ट्राइकर मोहम्मद सलाहलाई खेल अघि र पछि पनि सेनेगलका समर्थकले दुव्र्यबहार गरेका छन् ।

सेलेगनविरुद्ध समग्रमा १–१ को बराबरी भएपछि पेनाल्टी प्रहारमा असफल हुनुभन्दा अगाडि सलाहको ध्यान भड्काउन उनको आँखामा लेजर लाइटको निशाना बनाइएको थियो ।

इजिप्ट फुटबल संघले आफ्ना खेलाडी विरुद्ध रंगभेदको आरोपमा समेत विपक्षीमाथि उजुरी गर्ने तयारी गरेको छ ।

सेनेगलको राजधानीस्थित स्टड लियोपोल्ड रंगशालामा भएको दोस्रो लेगमा विपक्षी समर्थकले लेजर लाइट आक्रमण गरेपछि सलाहले पेनाल्टीमा गोल गर्न सकेनन् । यसपछि लिभरपुलका उनका साथी खेलाडी साडियो मानेको निर्णायक पेनाल्टी गोलमा सेनेगल विश्वकपमा छानियो ।

पहिलो लेगमा १-० को अग्रता लिएको इजिप्टले दोस्रो लेगको सुरुवातमै गोल खाएको थियो । समग्रमा १–१ को नतिजा भएपछि पेनाल्टीबाट विश्वकप प्रवेश गर्ने टिमको छिनोफानो हुँदै थियो ।

पूरा खेल अवधिमै उत्तेजित घरेलु समर्थकले लेजरको प्रयोग गरिरहेका थिए । पेनाल्टी शुटआउटका क्रममा उनीहरु सबैको निशाना पेनाल्टी प्रहार गर्ने विपक्षी टिमका खेलाडीमा पुग्यो । सलाहले पेनाल्टी हान्ने समयमा दर्जनभन्दा बढी लेजर लाइट उनको अनुहारमा केन्द्रित गरिएको थियो । पेनाल्टीमा इजिप्ट ३–१ गोलले पराजित रह्यो ।

सलाहले मैदान छाड्ने समयसम्म सेनेगलका उग्र समर्थकले निशाना बनाइरहेका थिए । सुरक्षाकर्मीलाई समेत सलाहलाई जोगाउन हम्मेहम्मे परेको भिडियोहरु भाइरल भइरहेको छ ।

खेलपछि इजिप्टका प्रशिक्षक कार्लोस क्वीरोजले पदबाट राजीनामा दिएका छन् । सेप्टेम्बरमा जिम्मेवारी लिएका उनीबाट इजिप्टले विश्वकप छनोटको नतिजा खोजेको थियो ।

इजिप्टले सेनेगलमा व्यहोरेको खराव माहोलबारे उजुरी गरेको जनाएको छ । संघको इन्स्टाग्राममा पोष्ट भएको पत्रअनुसार खेलभन्दा अगाडि रंगशाला पुग्ने क्रममा टिम बसमा समेत सेनेगलका समर्थकले क्षति पुर्‍याएको आरोप छ । रंगभेदी ब्यानरहरुमा सलाहलाई निशाना बनाइएको दावी गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?