+
+

राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भृकुटीमण्डपमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १९:०४

काठमाडौं । राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको छ । ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता’को अर्थ मन्त्रालयका सचिव मधुकर मरासिनी र वरिष्ठ लोकगायक कुमार बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।

चार दिनसम्म चल्ने यो प्रतियोगितामा काठमाडौं र अन्य जिल्लाका गरी ६१ कलाकार टोलीले भाग लिने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले जानकारी दिए ।

दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले ट्रफीसहित पदक र १ लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक र प्रमात्रणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार पनि प्रदान गरिने अध्यक्ष बीजीले बताए । यस्तै उत्कृष्ट भेषभूषा र उत्कृष्ट अनुशासन टोलीलाई पनि १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?