
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिलाई पूर्णता दिएका छन् ।
मंगलबार केन्द्रीय कार्यसमिति बैठकले उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमाण्डर तोकेको थियो । तर निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्यहरु तोकिएको थिएन ।
बुधबार देउवाले ५४ सदस्य मनोनित गरेका छन्, जसमा उपसभापति, धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, ८ सहमहामन्त्री र प्रवक्ता पनि छन् ।
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको पहिलो बैठक भोलि बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4