+
+

व्याकुल माइलाले आफ्नो पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते ११:०५
राष्ट्रिय गानका रचयिता व्याकुल माइला र उनको पुर्ख्यौली घर

१७ चैत, काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए ।

‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ अनलाइनखबरसँग माइलाले भने । सरकारलाई हस्तान्तरण गर्नुअघि अहिले सहरी विकास मन्त्रालयले प्रबलीकरण गरिरहेको छ ।

पुर्ख्यौली घरजग्गालाई संग्रहालय र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफूले सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उनको भनाइ छ । ‘सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने उद्देश्य हो । होमस्टेदेखि संग्रहालयसम्म पनि गराउन सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?