+
+

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी, युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १३:३२

१७ चैत, सप्तरी । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।

म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्‍यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?