+
+

स्थानीय तह निर्वाचनमा २०० पालिका एक्लै जित्छौं : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १३:३३

१७ चैत, काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले एक्लै २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे ।

‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ’ उनले भने, ‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उनले भने ।

स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दावी छ । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?