+
+

अपर कर्णाली रोक्यौं, एमसीसी पनि लागू हुन सक्दैन : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १५:१९

१७ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए । ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’

अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए । ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?