+

सन्दीप भन्छन् : करण केसीको स्पेल ब्रिलियन्ट अचिभमेन्ट

२०७८ चैत  १७ गते १७:२० २०७८ चैत १७ गते १७:२०
सन्दीप भन्छन् : करण केसीको स्पेल ब्रिलियन्ट अचिभमेन्ट

१७ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पपुवा न्युगिनी पीएनजीविरुद्ध करण केसीले गरेको प्रदर्शनलाई ‘ब्रिलियन्ट अचिभमेन्ट’ भनेका छन् ।

‘करण केसीको स्पेल ब्रिलियन्ट अचिभमेन्ट हो, क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि हुन्छ’, उनले कीर्तिपुरमा पत्रकारसँग भने, ‘क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्व हुन्छ ।’

उनले सबै जनाले राम्रो प्रदर्शन गरेका कारण पीएनजीलाई हराउँदै नेपाल फाइनलमा पुगेको बताए । ‘स्कोर २०० माथि पुग्ने बित्तिकै खेल ९० प्रतिशत हामीले जितिसकेका थियौं’, ब्याटरको प्रशंसा गर्दै उनले भने, ‘बीचमा हामी डगमगाई रहेका थियौं, दिपेन्द्र र आदिलले मोमेन्टम हाम्रोतिर सिफ्ट गरे ।’

दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ६६ र मोहमद आदिल आलमले ११ बलमा ३१ रन बनाएका थिए । ‘आदिलले पहिलो खेल खेल्दा पनि राम्रो गर्‍यो’, उनले भने, ‘यसले उसको लाग र टिमका लागि बुस्ट गर्छ ।’

करण केसी क्रिकेट नेपाली राष्ट्रिय क्रिकेट टिम सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय