+
+

प्रकृति मैनालीलाई प्रियदर्शनी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १२:५१

१८ चैत, काठमाडौं। भारत सरकार र भारतीय महिला उद्यमी महासंघले प्रकृति मैनालीलाई प्रियदर्शनी- मेड ए डिफरन्स अवार्ड–२०२२ बाट सम्मान गरेको छ ।

भारतको नयाँदिल्लीमा आयोजित एक समारोहबीच मैनालीलाई मन्त्री नारायण तातु राणे लगायतले सम्मान गरेका हुन् ।

नेपालमा महिला उद्यमशीलता संस्कृतिको प्रवद्र्धनमा विशेष गरी पिछडिएका महिला समुदायलाई आर्थिक अवसरका माध्यमबाट दुर्व्यवहार र हिंसाको डरबाट मुक्त गराउन प्रयास गरेकाले मैनालीलाई सम्मान गरिएको भारतीय महिला उद्यमी महासंघले जनाएको छ ।

मैनाली नेपाल सरकारको राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट पनि सम्मानित भएकी थिइन् ।

उनले महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको सामाजिक उद्यमशीलता कोषको बोर्ड सदस्यको हैसियतमा सामाजिक उद्यमशीलता नीति लागू गर्न भूमिका निर्वाह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?