+
+

खुल्यो युरोप र एसियालाई जोड्ने विश्वकै लामो झोलुङ्गे पुल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १३:०४

१८ चैत, काठमाडौं । विश्वको सबैभन्दा लामो झोलुंगे पुल सञ्चालनमा आएको छ । युरोप र एसियालाई जोड्ने उक्त झोलुंगे पुलको निर्माण टर्की र दक्षिण कोरियाली कम्पनीले संयुक्त रुपमा गरेका हुन् । यो झोलुंगे पुलले टर्कीको राजधानी स्तानबुलको बाहिर युरोप र एसियालाई मात्र ६ मिनेटमा जोड्दछ ।

यो पुल निर्माणमा ५ वर्ष लागेको थियो र यसको लागत ३ खर्ब रुपैयाँ भन्दा धेरै छ ।

यो पुलको नाम 1915 Canakkale Bridge रहेको छ । यसले टर्कीको युरोप महादेशमा पर्ने जेलीबोलूलाई एसिया महादेशमा पर्ने ल्यापसेकीसँग जोड्दछ । यो पुलको नाम १९१५ राख्नुको पनि खास कारण छ । किनकी प्रथम विश्वयुद्धका बेला बेलायती सेनाले डर्डानेलेस खाडीमा कब्जा जमाउने कोसिस गरेको थियो । तर अटोमन साम्राज्यले बेलायी सेनालाई परास्त गर्न सफल भयो । त्यसैले त्यहीँ जितको सम्मानमा यो पुलको नामाकरण गरिएको हो ।

यो झोलुंगे पुल मोटरेबल पुल हो । यसमा ६ लेनको सडक छ । यसको लम्बाई ४ हजार ६ सय मिटर रहेको छ भने अधिकतम चौडाइ ४५.०६ मिटर छ । सबैभन्दा लामो स्पान चाहीँ २ किलोमिटर सम्मको छ । पुलको उचाइँ २ सय ३९ मिटर छ ।

सन् २०१७ को फेब्रुअरी २६ मा बनाउन सुरु गरिएको यो पुलको निर्माण सन् २०२२ को फेब्रुअरी २६ मै पूरा भयो । अन्ततः मार्च १८, २०२२ देखि यो पुल आम प्रयोगका लागि सञ्चालनमा आएको हो ।

यो पुलमा रहेको दुबै टावरको उचाइँ १०४३ फिट छ । यो टर्कीको दोश्रो सबैभन्दा अग्लो पुल हो । टर्कीको सबैभन्दा अग्लो पुल चाहीँ यावुज सुल्तान सलीम ब्रिज हो जुन विश्वकै छैटौँ अग्लो पुल पनि हो ।

युरोप र एसिया जोड्नका लागि बनाइएको 1915 Canakkale Bridge झोलुंगे पुलबाट यात्रा गर्नका लागि केवल ६ मिनेट लाग्दछ । जबकि पहिले समुद्रमा फेरीबाट पार गर्न करीब डेढ घण्टा लाग्दथ्यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?