+
+
Shares

इन्धन अभाव टार्न कोइलाको भर पर्दै एशियाली देशहरू, बढ्दै स्वास्थ्य जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते ९:१५

११ चैत, काठमाडौं । इरानमा भइरहेको युद्धको असर विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा पर्न थालेको छ । विशेषगरी तेल र ग्यासको आपूर्तिमा अवरोध आएपछि एशियाली देशहरू बाध्य भएर प्रदूषणको मुख्य कारक मानिने कोइलातर्फ फर्किएका छन् ।

समाचार संस्था एपीका अनुसार, एशियाली क्षेत्र आफ्नो ऊर्जा आवश्यकताका लागि धेरै हदसम्म आयातित इन्धनमै निर्भर छ । यसको ठूलो हिस्सा होर्मुज स्ट्रेट हुँदै आउने गर्छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यासको व्यापार हुन्छ ।

सामान्यतया तेल र कोइलाभन्दा कम प्रदूषण गर्ने तरल प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति युद्धकै कारण घटेपछि अहिले भारत, दक्षिण कोरिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्सदेखि भियतनामसम्मका देशले कोइलाको प्रयोग बढाएका हुन् ।

कुन देशमा कस्तो छ अवस्था ?

गर्मीयाम सुरु भएसँगै बिजुलीको उच्च माग धान्न छिमेकी देश भारतले कोइलाको खपत तीव्र पारेको छ । उता, दक्षिण कोरियाले कोइलाबाट हुने विद्युत उत्पादनको सीमा नै बढाएको छ ।

इन्डोनेसियाले आफ्नो देशमा उत्पादित कोइलालाई आन्तरिक खपतकै लागि प्राथमिकतामा राखेको छ, जसले गर्दा क्षेत्रीय बजारमा कोइलाको आपूर्ति झनै घट्ने सम्भावना छ । इन्धनको आपूर्ति अस्थिर बनेपछि भियतनामले पनि अन्य देशबाट कोइला आयात गर्ने तयारी थालेको छ ।

प्रदूषण र स्वास्थ्यमा गम्भीर असर

ऊर्जा सङ्कट टार्न कोइलाको भर पर्दा यसले निम्त्याउने वातावरणीय र स्वास्थ्य जोखिम भने कहालीलाग्दो छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोइला बाल्दा निस्कने धुवाँले वायु प्रदूषण र ‘स्मग’ बढाउनुका साथै फोक्सो, मुटुका रोग, स्ट्रोक र श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्याको जोखिम उच्च बनाउँछ ।

अहिले नै भारतमा करोडौं मानिस अस्वस्थकर हावामा सास फेर्न बाध्य छन्, कोइलाको बढ्दो प्रयोगले यो अवस्थालाई झनै भयावह बनाउने निश्चित छ ।

महँगिँदै बिजुली, नवीकरणीय ऊर्जाको यात्रामा धक्का

अर्कोतर्फ, युद्धपछि विश्वबजारमा कोइलाको मूल्य पनि आकासिएको छ । यसले दक्षिणपूर्वी एशियाली देशहरूमा बिजुलीको महसुल बढाउने दबाब सिर्जना गरेको छ ।

विज्ञहरूका अनुसार अहिले कोइलाको प्रयोग बाध्यकारी र अस्थायी समाधान मात्र हो, दीर्घकालीन समाधान भनेको नवीकरणीय ऊर्जा नै हो । तर, वर्तमान सङ्कटले नवीकरणीय ऊर्जा (सौर्य, जल, वायु आदि) तर्फको विश्वव्यापी सङ्क्रमणलाई केही समय पछाडि धकेल्ने जोखिम बढाएको छ ।

यद्यपि, सङ्कटका बीच पनि भियतनाम जस्ता केही देशले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिँदै कोइलामाथिको निर्भरता घटाउने दीर्घकालीन लक्ष्यमा भने काम गरिरहेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?