+
+

लुम्बिनीमा इन्धन ढुवानी नरोकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:३५

१८ चैत, बुटवल । लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको ढुवानी नरोकिने भएको छ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति ढुवानी रोकेर आन्दोलनमा उत्रिएपनि पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघले भने इन्धनको ढुवानी रोकेर आन्दोलन गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको हो ।

संघले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी निगमसँग वार्ता र सम्वादबाट नै समस्या समाधान गर्न सकिने भएकाले समन्वय समितिको आन्दोलनमा सहभागी नभएको संघका अध्यक्ष राकेशकुमार कसौधनले बताए ।

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी अगाडि बढेको अवस्थामा अत्यावश्यक वस्तुको ढुवानी रोक्नु गलत हुने संघका सल्लाहकार चोपनारायण श्रेष्ठले बताए ।

ढुवानी भाडा र कमिसन रकम वृद्धि लगायत ६ बुँदे मागहरु यथावत रहेको र वार्ताको माध्यमबाट पूरा हुने विश्वास रहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?